सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवाल लगायतका नेताहरु एमालेमा फर्किएका छन् ।
एमाले महासचिव शंकर पोखरेलले उक्त टिमलाई स्वागत गरेका छन् ।
बडुवाल ०७९ मंसिरमा भएको चुनावमा एकीकृत समाजवादीबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा चुनाव लडेका थिए । यद्यपि उनी पराजित भए ।
तत्कालिन अवस्थामा उनी एमाले सुर्खेत जिल्लाको सचिव समेत थिए । एमाले विभाजन पछि उनी समाजवादीमा लागेका थिए ।
बडुवालसहित अन्य दर्जनौँ कार्यकर्ताहरु पनि एमालेमा समाहित भएका छन् ।


सञ्चारपथ । ६ भाद्र २०८०, बुधबार १०:०६