सुर्खेत । नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले डा. दीपेन्द्र रोकायाद्धारा लिखित “कर्नालीको मर्म“ नामक पुस्तक विमोचन गरेका छन् ।
उनले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा उक्त पुस्तक विमोचन गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले डा. रोकायाको पुस्तकले कर्णालीको इतिहास, अहिलेको वास्तविकता र भविश्यको योजना प्रस्तुत गरेकोमा खुशी लागेको बताए ।
उनले जनयुद्ध यता कर्णालीको वास्तविकता सार्वजनिक हुँदै आउन थालेको पनि बताए ।
अध्यक्ष प्रचण्डले पार्टी विसर्जन र पुनर्निमाणको दोसाँधमा रहेको चर्चा गर्दै हर हालतमा पार्टी निर्माण गर्ने संकल्प लिएर तीन महिने अभियान सञ्चालन गरेको दावी गरे । उनले भने¸“यो पार्टी निर्माण गर्ने र समाजवादी क्रान्तिको तयारी हो।“
अध्यक्ष प्रचण्डले पार्टी कार्यकर्ताहरुलाई तीन महिना जनताको बीचमा पुग्न अपिल गर्दै आफु पनि सातै प्रदेशको सात वटा वडामा पुग्ने बताए ।
सोही अवसरमा उनले नेपाल सरकारले नेपाली जनतामा आशा जगाउने काम नयाँ उचाईमा गर्दै जाने पनि बताए ।
कर्नालीका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दीपेन्द्र रोकायाको खोजपूर्ण लेखनले “कर्नालीको मर्म“ सार्वजनिक भएको बताए ।
उनले भने¸“यस पुस्तकबाट कर्णालीको वास्तविकता बुझ्न सहयोग पुग्नेछ।“



सञ्चारपथ । ७ भाद्र २०८०, बिहीबार ०३:०५