सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले थालेको विशेष रुपान्तरण अभियान अन्तर्गत सोमबार कर्णालीका १० वटै जिल्लाको रिपोर्टिङ भएको छ ।
तीन महिने अभियानमा खटिएका जिल्ला इन्चार्जहरुबाट आ–आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ गर्ने काम भएको थियो । अभियानका तयारी वैठक र प्रशिक्षणहरु सबै जिल्ला, पालिका, वडास्तरमा भव्यताका साथ सम्पन्न भएको रिपोर्ट जिल्लाबाट नेताहरुले गरेका छन् ।
केही वडाहरुमा भने वडा कमिटिहरु चुस्त–दुरुस्त नभएका र कमजोर जनाधार भएकाले अभियानका प्रशिक्षण वैठकहरु नभएपनि मुलतःनयाँ उत्साहका साथ अभियान संचालन भएको जिल्ला इञ्चार्जहरुले रिपोर्ट प्रस्तुत गरेका छन् ।
केही केन्द्रिय समिति र प्रदेश समितिका कमरेडहरु आ–आफ्नो तोकिएको कार्य क्षेत्रमा नगएको पाईयो । अभियानमा आर्थिक व्यवस्थापनको समेत समस्या रहेको रिपोर्टहरु प्राप्त भएका छन् ।
जिल्ला इन्चार्जहरुले आ–आफ्नो कार्यक्षेत्रमा अभियानलाई थप प्रभावकारी बनाई तीन महिने अभियानको पहिलो चरणका कार्यक्रम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै सोमबार बसेको बैठकले जिल्लाहरुले आवश्यकताको आधारमा बढीमा ५ सदस्यीय संख्या नबढ्ने गरि जिल्ला सचिवालयन गठन गर्ने निर्णय गरिएको छ ।
केन्द्रिय समितिका सदस्य र प्रदेश कमिटीका सदस्यहरुको कार्य विभाजनमा हेरफेर गरिएको छ । जसअनुसार सुर्खेत जिल्ला इन्चार्जमा विन्दमान विष्ट, सुर्खेत पञ्चपुरी नगरपालिका इन्चार्जमा भूपेन्द्र जोशी, दैलेख ठाटीकाँध गाउँपालिका इन्चार्जमा योगेन्द्र बहादुर शाही, कालिकोट नरहरीनाथ गाउँपालिका इन्चार्जमा कालीबहादुर महतारा र कालिकोटको शुभकालिका गाउँपालिका इन्चार्जमा डम्बर बहादुर शाहीलाई जिम्मेवारी तोकिएको छ ।
पहिलो चरणको कार्यक्रम (भदौ १६ गते–असोज १५ गतेसम्म)
जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारालाई प्रभावकारी र सार्थक बनाउन पहिलो चरणको घरदैलो कार्यक्रम अन्तर्गत निम्न कार्यहरु गर्ने ।
क) असोज १५ गतेसम्म घरदैलो कार्यक्रम संचालन गर्ने,
ख) पार्टी सदस्यहरु र साधारण पार्टी सदस्यतानविकरण गर्ने,
ग) पार्टी सदस्यहरु, शहीद परिवार, बेपत्ता परिवार, घाईते, अपाङ्ग, मतदाताहरु, अन्य पार्टीहरुको कमिटी, सदस्य संख्या र मतदाताहरु, कर्मचारी, शिक्षक, सेना, प्रहरी, विदेश गएका, बसाई सराई गरेका, बाहिर पढन गएका, सहकारी संस्था, गैरसरकारी संस्थामा आबद्ध जनशक्तिको तथ्यांक संकलन गर्ने ।
घ) शहीद परिवार, बेपत्ता परिवार, जनयुद्धका घाईते, अपाङ्ग, पार्टी कार्यकर्ता, मतदाता र आमजनतासंग भेटघाट र छलफल मार्फत सुझाव संकलन गर्ने ।
च) हाम्रा पार्टीका समर्थक र शुभचिन्तकहरुलाई विभिन्नजबस,मोर्चामा संगठित गर्ने,
छ) जिल्ला,पालिका,वडाहरुमा जबसका भेला,बैठक र सम्मेलन गर्ने,
ज) हप्तामा एक दिन अनिवार्य जनश्रमदान गर्ने, बाढी पहिरोबाट विस्थापित, शहीद परिवार, अशक्त–असाह्यहरुको घर निर्माण, सडक, खानेपानी, सिचाइँ, विद्यालय र अस्पताल भवन, खेलमैदान आदी निर्माणमा सहयोग गर्ने,
अभियानको अवधिभर तोकिएको कार्यक्षेत्रमा नखटिएका केन्द्रिय कमिटिका सदस्यहरु, प्रदेश कमिटिका सदस्यहरु, जिल्ला कमिटिका सदस्यहरु, गाउँ कमिटिका सदस्यहरु र वडा कमिटिका सदस्यहरुलाई हालसम्म नखटिनुका कारणहरु सहितको स्पष्टीकरण आ–आफ्नो कमिटिमा पेश गरि केन्द्रिय कार्यालयमा पठाउने निर्णय गरियो ।
प्रदेशस्तरमा स्थाइ समिति सदस्य कमरेड कालिबहादुर मल्ल र पार्टी प्रदेश अध्यक्ष कमरेड विमला केसीलाई अभियानको अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ ।
जिल्ला स्तरमा अभियानको अनुगमनका लागि प्रत्येक जिल्लाले एक अनुगमन टिम बनाई नियमित अनुगमन गर्ने ।
कर्णाली प्रदेश इन्चार्ज मातृका प्रसाद यादवको जिल्लाका कार्यक्रम निम्नानुसारको समय तालिका तय गरिएको छ ।
भाद्र २९ गते दैलेख
भाद्र ३१ गते कालिकोट
असोज २÷३ गते जुम्ला
असोज ५ गते मुगु
असोज ७गते हुम्ला
असोज १० र ११गते डोल्पा
असोज १४ जाजरकोट
असोज १५ गते पश्चिम रुकुम
असोज १६ गते सल्यान
असोज १७गते सुर्खेत


सञ्चारपथ । १९ भाद्र २०८०, मंगलवार १२:२८