कर्णालीमा समावादी मोर्चाकाे भेला: कसले के भने ?

 

सुर्खेत । बिहीबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा समाजवादी मोर्चाले ‘सन्देश सभा’ ग¥यो । सिटी हलमा आयोजित उक्त सभामा हजारौँ मान्छेहरु सहभागी थिए ।

कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचारको लडाइँमा लागिरहेको र त्यो नरोकिन मोर्चामा आबद्ध दलहरुले सहयोग गर्न आग्रह गरे ।

आफुले राम्रो काम गर्दापनि आफ्नालाई बचाउँछ, एमाले, कांग्रेसका नेतालाई मात्र थुन्छ भन्ने आरोप आफुमाथि लगाइएको भन्दै उनले त्यो सत्य नभएको दाबी गरे । ‘मैले अनुसन्धान गर्दै जाँदा माओवादी त परैको कुरा हो, म आफैँ प्रचण्ड नै मुछिएको भएपनि नछोड्नु भनेर सीआईबीदलाई भनेको छु,’ उनले भने ।

नेतृत्वको कुनै चिन्ता नरहेको, नेतृत्वमा रहेसम्म राम्रो काम गर्ने प्रचण्डको भनाइ थियो । उनले एमालेभित्र ठुलो असन्तुष्टिहरु बढेको र चिरा चिरा पर्ने संकेत आफुले देखेको बताए । अडान उनको थियो । यद्यपि प्रचण्ड सरकारले गरेका भ्रष्टाचार र सुशासनको सन्दर्भमा भने उनले प्रसंशा गरे ।

समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तन चाहनेहरु एक ठाउँमा आएको र परिवर्तन नचाहनेहरुलाई वर्तमान सरकारले गरिरहेको कार्य देखेर हैरानी भइरहेको बताए ।

समाजवादी मोर्चा बनेपछि विपक्षीहरुले सरकार ढल्छ कि भन्दै भ्रम छरिरहेको बताउँदै नेपालले मोर्चाले सत्तारुढ गठबन्धन दल कांग्रेसको मनमा चिसो नपसेको बताए । एमसीसीको विषयमा नेपालले एमसीसीलाई सैन्य र सुरक्षासँग जोडिन नहुने तर्क गरे ।

नेकपा महासचिव विप्लवले कम्युनिष्टभित्र पनि नक्कली कम्युनिष्टहरु रहेको बताए । जसले नक्कली बाख्राको खोर देखाएर अनुदान खाइरहेका छन् । उनले नेपाललाई दलाल पुँजीपति तत्वले नेपाललाई गम्भीर मोडमा लिन थालेको र त्यसलाई क्रान्तिकारी कम्युनिष्टहरुले रोक्नुपर्ने बताए । क्रान्तिद्वारा प्राप्त उपलब्धिको रक्षाका लागि सबै कम्युनिष्ट एक ठाउँमा उभिनुपर्ने भएकाले समाजवादी मोर्चा बनेको उनको भनाइ थियो ।

‘समाजवादी मोर्चा क्रान्तिको प्रतिक हो,’ उनले भने,‘ हिजो नेपालमा सामन्तवादीहरुको चकचकी थियो । तर त्यो सामन्तवादलाई परास्त गरेका थियौँ ।’ महासचिव विप्लवले भ्रष्टाचार र माओवादी जनयुद्धका मुद्धामा प्रचण्डलाई ढाडस दिए । जनयुद्धकालिन मुद्धा लगाएर देशको प्रधानमन्त्रीलाई फसाउने षड्यन्त्र भइरहेको भन्दै उनले चर्को विरोध गरे ।

उनले त्यसका विरुद्धमा आफुहरु लड्न तयार रहेको पनि बताए ।

हेर्नुहोस् तस्वीरमा

May be an image of 1 person and text

May be an image of 1 person, dais and text

May be an image of one or more people and crowd

तपाईको प्रतिक्रिया