राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।

नेपालले क्यानडाविरुद्धको ३ खेलको एकदिवसीय शृंखला क्लिनस्विप गरेपछि उनले टोलीलाई बधाई दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत तेस्रो खेलमासमेत उत्कृष्ट जित हात पार्दै क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट शृंखला क्लिनस्विप गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन्।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज (सोमवार) भएको क्यानडाविरुद्धको शृंखलाको अन्तिम खेलमा नेपाल ९ विकेटले विजयी भएको छ।

अब लगत्तै नेपालले लिग-२ अन्तरगत नामिबिया र नेदरल्याण्डसविरुद्ध त्रिकोणात्मक शृंखला घरेलु मैदानमै खेल्नेछ।

तपाईको प्रतिक्रिया