हावाहुरीका कारण विश्वकप उद्घाटन हुने स्टेडियममा क्षति

आईसीसी टी-२० विश्वकपको उद्घाटन खेल आयोजना गर्ने स्टेडियममा प्रतिकूल मौसम कारण क्षति पुगेको छ।

बिबिसीका अनुसार मंगलबार रातभरि भारी वर्षा भएको थियो। ८० माइल प्रतिघण्टाले हावाहुरी चलेको थियो। यसले स्टेडियम वरपरको संरचनामा क्षति पुगेको छ।

clasic tec
मंगलबार डलास शहरमा तूफानको साइरन बजेको थियो। यस क्षेत्रमा शक्तिशाली मेघगर्जन, अचानक बाढी र आँधीबेहरी आउने चेतावनी दिइएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का एक प्रवक्ताका अनुसार दर्शक बस्ने प्यारापिटमा पनि असर परेको छ। तर, कुनै पनि कुराले विश्वकपका खेलमा असर नपर्ने उनले बताए।

खराब मौसमकै कारण अमेरिका र बंगलादेशबीचको वार्मअप खेल रद्द भएको छ। ड्यालसको ग्रान्ड प्रेरी स्टेडियममा स्थानीय समयअनुसार बुधबार बिहान १०:३० बजे यी दुई टोली भिड्ने तय थियो। तर, मौसमका कारण खेल रद्द गरिएको हो।

गत हप्ता अमेरिकाका विभिन्न भागमा आएको आँधीबेहरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ। जसमध्ये सबैभन्दा बढी टेक्सास, ओक्लाहोमा, अर्कान्सास र केन्टुकीका रहेका छन्।

तपाईको प्रतिक्रिया