सुर्खेतमा जिप दुर्घटना हुदा ४ जनाको मृत्यु

  1. सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहिबार विहान भे १ च २५६० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ भने दुई जना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पु¥याइएको छ ।

दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन गरिएको छ । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया