गाडी रोक्ने विषयलाई लिएर सुर्खेत वसपार्कमा १ घण्टा चक्काजाम

सुर्खेत बसपार्कमा यात्रु चढाउने विषयलाई लिएर सडकमा चक्काजाम गरिएको छ। प्रहरीले गाडी रोक्न नदिएको भन्दै संयुक्त यातायातले मुख्य सडकमा नै गाडी रोकेर चक्काजाम गरेको हो।

सुर्खेतमा हिल्सा यातायात प्रा.ली. र संयुक्त यातायातबाट छुट्ने गाडीमा यात्रु चढाउनका लागि बल प्रयोग गर्ने गरेका छन्। उनीहरुले यात्रुहरूलाई तानातान गर्ने, झोला चुटाउने अमानवीय व्यवहार गर्ने गरेका छन्। जसका कारण प्रहरी दैनिक रुपमा बिहानैबाट बसपार्कमा खटिने गरेको छ।

प्रहरीकै अगाडी यात्रु तानेर हाल्न दुई समितिले जोरबल गरिरहेका हुन्छन्। स्थायी रुपमा यातायात व्यवसायीको समाधान गर्न लाग्नुपर्ने यातायात व्यवसायीहरू बताउँछन्।

आइतबार बिहान करिब ४० मिनेट बसपार्क अगाडी चार लेनको सडकमा गाडी राखेर चक्काजाम गरेपछि सर्वत्र विरोध भएको छ। स्कुल बस, एम्बुलेन्स समेत हिँड्न कठिनाइ हुने गरी संयुक्त यातायातले गाडी जाम गरेको थियो। संयुक्त यातायातले प्रहरीले आफ्ना गाडीलाई धपाउने गरेको र अरु यातायातका गाडीलाई यात्रु हाल्न दिने गरेको आरोप लगाएको छ।

← Back

Thank you for your response. ✨

तपाईको प्रतिक्रिया