कर्णाली प्रदेश अस्पतालका लेखा अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैंक दाखिला नगरी अनधिकृत रूपमा हिनामिना गरेको अभियोगमा आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ती शाही, अस्पतालमा रहेको कुमारी बैंककाे एक्स्टेन्शन काउन्टरकी तत्कालीन इन्चार्ज गोमा सिँजाली मगरविरुद्ध मुद्दा दायर गरेकाे हाे ।

सञ्चारपथ
Corruption

अख्तियारले उनीहरूविरुद्ध २५ लाख ६७ हजार ५ सय २६ रुपैयाँ बराबरको बिगो मागदाबी गरेको छ ।

तपाईको प्रतिक्रिया