Skip to content
Sancharpath
Online News Portal
Search
Search
गृहपृष्ठ
समाचार
राजनीति
प्रदेश
आर्थिक
कला/साहित्य
अन्तर्राष्ट्रिय
सञ्चारपथ स्पेशल
Skip This
शेयर बजार लगातार तेस्रो कारोबार दिन पनि घट्यो
सञ्चारपथ
।
१० असार २०८३, बुधबार १२:४१
सुर्खेत – शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४५ अङ्कले घटेर २ हजार ६६० दशमलव ०२ विन्दुमा झरेको छ ।नेप्से परिसूचक झन्डै ४ महिनायताकै कम विन्दुमा झरेको हो । यसअघि गएको फागुन १४ गते नेप्से २ हजार ६५४ विन्दुमा झरेको थियो ।आज फाइनान्स र व्यापार बाहेक सबै समूहको सूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक १ दशमलव १२ प्रतिशतले ओरालो लागेको छ ।आज २०० वटा कम्पनीको शेयर घटेकोमा ६४ वटाको बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर भने घटबढ भएको छैनआजसोपानफर्मास्युटिकल्सको शेयर ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपवारको शेयर १५ प्रतिशतले बढेको छ ।आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३३८ वटा कम्पनीका १ करोड ७ लाख कित्ता शेयर ४ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको छ ।
Post navigation
रास्वपामा सदस्यता लिनेको संख्या ५ लाख नाघ्यो
कङ्गोलाई हराउँदै कोलम्बिया विश्वकपको अन्तिम ३२ मा
तपाईको प्रतिक्रिया
सञ्चारपथ । १० असार २०८३, बुधबार १२:४१