सुर्खेत – रास्वपाको सदस्यता लिने संख्या ५ लाखभन्दा बढी रहेका छन् । चितवनमा जारी पहिलो महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठनिक प्रतिवेदनमा रास्वपा सदस्यमध्ये ७५ प्रतिशत पुरुष र १७ प्रतिशत महिला रहेको उल्लेख छ । रास्वपाको कुल सदस्यता संख्या ५ लाख २३ हजार ४ सय ६५ रहेको छ । विवरणअनुसार रास्वपामा पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७ सय ८९ रहेको छ भने महिला सदस्यको संख्या ८९ हजार ८ सय ९६ रहेको छ । त्यस्तै अन्यको संख्या ५ सय ८८ रहेको छ ।
त्यस्तै उमेर समूहका आधारमा सबैभन्दा बढी १८ देखि ४५ वर्ष रहेको छ । उक्त उमेर समूहका सदस्यको संख्या ३ लाख ३५ हजार ४ सय ७८ रहेको छ । त्यस्तै ४६ देखि ६५ वर्ष उमेर समूहका सदस्य संख्या ९८ हजार ८ सय ५७ र ६५ वर्षमाथिका सदस्य संख्या १३ हजार ६ सय ८२ रहेको छ ।



सञ्चारपथ । १० असार २०८३, बुधबार १२:३४