सुर्खेत । कालिकोट जिल्ला अन्तर्गत पर्ने तिला कर्णाली नदीमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्ला समन्वय समिति कालिकोटका सदस्य कालीबहादुर विश्वकर्मा रहेका छन् ।
तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता भएका थिए । सनिबार बिहान ११ बजेदेखि बेपत्ता भएका उनी अझै फेला नपरेको कालिकोट प्रहरीले जनाएको छ ।
गत जेठमा कांग्रेसबाट वडा सदस्य निर्वाचित ३७ वर्षीय विश्वकर्मा भदौमा गठबन्धनको तर्फबाट जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका छन् ।



सञ्चारपथ । ४ बैशाख २०८०, सोमबार ०९:१५