संघीय बजेटमा कर्णालीः पुरानै निरन्तरता, छैन आशा गर्ने ठाउँ

 

सुर्खेत । संघीय सरकारको सोमबार प्रस्तुत बजेटमा कर्णालीलाई अपेक्षित रुपमा समेटिएको छैन । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेटमा कर्णालीलाई खासै प्राथमिकता नदिइएको हो । बजेटमा धेरैजसो परम्परागत योजनालाई निरन्तरता दिइएको छ भने अधिकांश योजनामा बजेट सुनिश्चितता गरिएको छैन ।

जूम्लाको मार्सी धानको ब्रान्डिङ गर्नेदेखि सुर्खेतको थोक तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला खोलिने महतले बताएका थिए । तर, यी योजनमा बजेट सुनिश्चितता गरिएको छैन ।

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण र उत्खनन कार्य अगाडि बढाइने उल्लेख गरिएको छ । तर यतिठुलो आयोजनमा बजेट तोकिएको छैन भने महत्पुर्ण कर्णाली राजमार्ग, रत्न राजमार्गको बारेमा पनि बजेट उल्लेख गरिएन ।

विगत तीन आर्थिक बर्षदेखि प्राथमिकतामा पर्दै आएको दैलेखको आठबिस नगरपालिका स्थित राकम कर्णालीमा अस्पताल निर्माण योजना पुनः समेटिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत १०० शय्याको अस्पताल निर्माण गर्ने भनिएपनि अहिलेसम्म अघि बढ्न सकिरहेको छैन ।

उक्त योजनलाई अहिले ‘स्याटलाइट अस्पताल’ निर्माण गरिने भनेर अर्थमन्त्री महतले उल्लेख गरेका छन् । यद्यपि विगतमा बजेटसहित उल्लेख हुने यो योजनामा अहिले बजेट उल्लेख भएको छैन । यस्तै भेरीगंगामा निर्माणाधिन सरुवा रोग अस्पताललाई आउँदो आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने सरकारले घोषणा गरेको हो ।

खानेपानी तथा सरसफाईतर्फ सुर्खेतको पन्चपुरी, दैलेखको महावु लगायतका ठाउँमा खानेपानी आयोजना निर्माण अघि बढाइने उल्लेख गरेका छन् । यद्यपि उक्त आयोजना कुन स्थान र कति जनसंख्या लक्षित आयोजना हुन् भन्ने कुरा एकिन छैन ।

खानेपानीको चरम अभाव भइरहेको प्रदेश राजधानी वीरेन्द्रनगरको भेरी पम्पिङ आयोजना भने समेटिएको छ । लामो समयदेखि चर्चामा रहेको यो आयोजना अहिलेसम्म सुरु नै हुन सकिरहेको छैन । जसका कारण वीरेन्द्रनगरमा यतिबेला पानीको हाहाकार नै भएको छ । खेलकुद विकासतर्फ कर्णालीलाई पुर्णरुपमा उपेक्षा गरिएको छ । आगामी ०८१ सालमा कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद आयोजना गरिने भनिएको छ । तर, अर्थमन्त्री महतले खेलकुदतर्फ कर्णालीको नाम नै लिएनन ।

सडकतर्फ गौरवका आयोजनालाई निरन्तरता दिइने काममात्र भएको छ भने विमानस्थलतर्फ रुकुमको चौरजहारी र जुम्लाको खलंगा विमानस्थ स्तोरन्नतीमा पर्दा सुर्खेत विमानस्थल भने परेको छैन । सुर्खेत विमानस्थल अहिलेका लागि निकै आवाश्यक भएपनि राज्यले यसलाई समेटेको छैन ।

सडकतर्फ अर्थमन्त्री महतले मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतलाई पनि उल्लेख गरिएको छ । यस्तै अहिलेसम्म राष्ट्रिय सडक सञ्जाल नपुगेको हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने उनले बताए । नेपालका ७७ जिल्लामध्ये हुम्ला सदरमुकाममा मात्रै सडक सञ्जालमा जोडिन बाँकी छ । त्यसलाई आगामी आवमा सडक सञ्जाल जोडिने उनको भनाइ छ । हाल त्यसको लागि नेपाली सेनाले बाटो खन्ने काम गरिरहेको छ । यस्तै कर्णाली करिडोर अन्तर्गत नै कालिकोटको खुलालु– सरिसल्ला र सरिसल्ला– हिल्साको लागि ९७ करोड बजेट व्यवस्था गरिएको अर्थमन्त्री महतले बताए । यद्यपि कर्णाली करिडोरका लागि यो बजेट प्रयाप्त छैन ।

यस्तै भेरी करिडोर आयोजनाका लागि ५० करोड रकम विनियोजन गरिएको छ भने कोहलपुर–सुर्खेत रत्न राजमार्गलाई स्तोरन्नती गरिने भनिएको छ । यस्तै कर्णालीका जनताको भाग्य र भविष्यसँग जोडिएको कर्णाली राजमार्गको क्षतीग्रस्त स्थानको स्तोरन्नती गरिने पनि अर्थमन्त्री महतले बताए । यद्यपि यो सडकलाई स्तोरन्नती गर्नुपर्ने भएपनि राज्यले ध्यान दिएको छैन ।

राप्ती राजमार्गको स्तरोन्नतिका लागि ९० करोड रुपैँया विनियोजन गरेको छ । जुन सडकले दाङ–सल्यान रुकुम जोडेको छ ।
यस्तै चौरजहारीमा नयाँ सहर योजना, सुर्खेतको भेरीगंगाको एकीकृत नयाँ शहर योजना बजेटमा सम्बोधन भएको छ भने कर्णाली समृद्धि कार्यक्रमले निरन्तरता पाएको छ । यस्तै भेरी बबई बहुउद्देश्यीय आयोजनाका लागि सरकारले १ अर्ब १४ करोड बजेट बिनियोजना गरेको छ ।

यस्तै कर्णाली लगायतका विभिन्न स्थानमा मार्सी, कागुनो, सिमी लगायतका रैनाथे बालीहरुको प्रवद्र्धन गरिने पनि महतले बजेटमा उल्लेख गरेका छनु । कर्णााली प्रदेशका दशैवटा जिल्लामा सिंचाईँको विकासका लागि एकीकृत कर्णाली सिँचाईँ आयोजना सञ्चालन गरिने पनि महतको भनाई छ ।

यस्तै कर्णाली नदी लगायतका नदी वरपरमा बस्तीमा पहिरो लगायतका विपद् जोखिमका लागि पनि बजेट विनियोजन गरिएको छ । विद्युततर्फ भने १०६ मेगावाटको जगदुल्ला विद्युत आयोजनाको काम सुरु गरिने र ्४ सय केभी भेरी करिडोर प्रशारण लाइन विस्तार गरिने महतले उल्लेख गरेका छन् । सबैभन्दा महत्वपुर्ण कोहलपुर–सुर्खेत १३२ केभीए प्रशारण लाइन विस्तारको योजना भने बजेटमा समेटिएको छैन ।

कतिपय विगतमै आयोजना दोहोरिएका छन् भने कतिपय महत्वपुर्ण आयोजनाहरु छुटेका छन् । विभिन्न जिल्लामा पदमार्ग निर्माण गरिने जिल्लामा कर्णालीको डोल्पा र रुकुमलाई समेटिएको छ भने धार्मिक, सांस्कृतिकतर्फ छत्रेश्वरी, जुम्ला चन्दनाथ, र दैलेखको पञ्चकोशी क्षेत्र समेटिएको छ । यी क्षेत्रका लागि राज्यले विगतदेखिनै बजेट छुट्याउने गरेपनि कार्यान्वयन भएको देखिँदैन ।

सँधैजसो बजेटमा समेटिने सुर्खेत मेडिकल कलेजको योजनाले निरन्तरता पाएको छ । अहिले मेडिकल कलेज सम्बन्धीत प्रदेशको प्रदेश अस्पतालको सहकार्यमा उक्तसञ्चालन गरिनुपर्ने अर्थमन्त्री महतले बताए । यस्तै सुर्खेतमा विषादी परीक्षण प्रयोगशाला स्थापना गर्नेदेखि स्वास्थ्य क्षेत्रमा लागि विगतका योजना नै दोहोरीएका छन् ।

तपाईको प्रतिक्रिया