बजेट निर्माणमा दबाब दिने योजना आयोगका कर्मचारीलाई कारबाही

 

 

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगले बजेट निर्माणका क्रममा बिचौलियामार्फत अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही गरेको छ ।

योजना आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । ती कर्मचारीको नाम भने आयोगले खुलाएन ।
पत्रकार सम्मेलनमा योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले आयोगको मुख्य भूमिकामा रहेका कुनैपनि कर्मचारीले बजेट बनाउने क्रममा अर्थमन्त्रीलाई दबाब नदिएको पनि प्रस्ट पारेका छन् ।

‘आयोगलाई जानकारी रहेसम्म विभिन्न सञ्चार माध्यमबाट प्रकाशित समाचारको सन्दर्भमा आयोगका जिम्मेवार पदाधिकारी र कर्मचारीहरुको कुनै पनि संलग्ना नरहेको स्पष्ट पारिएको छ’, पत्रकार सम्मेलनमा वितरित प्रेश विज्ञप्तिमा भनिएको छ, ‘आयोगमा हालसम्म प्राप्त सूचना तथा प्रमाण अनुसार मुख्य भूमिकामा नरहेका कुनै कर्मचारीले माननीय मन्त्रीज्यूलाई दबाब र प्रभावमा पार्न खोजेको देखिएको छ ।’ साथै निज कर्मचारीले दिएका अभिव्यक्ति र संवादहरु आयोगको आधिकारिक नभई निज कर्मचारीको नितान्त व्यक्तिगत सोच र धारणाको उपज मात्र भएको बताएको छ । ‘श्री आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्रीज्यूको अभिव्यक्ति र प्रकाशित समाचारको लागि जिम्मेवार रहेका कर्मचारीलाई कानून बमोजिम कारबाही गरिसकिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ’, आयोगले भनेको छ ।

यसअघि अर्थमन्त्री बेदराज सिंहले आयोगका मान्छेबाट बजेट निर्माणको क्रममा दबाव, आफ्नो ठाउँमा योजना पार्न बार्गेनिङ भएको बताएका थिए ।

हेर्नुस् आयोगको पत्र

 

No description available.

 

याे पनि

कर्णाली सरकारको बजेट निर्माणमा विचौलिया हावी

तपाईको प्रतिक्रिया