सुर्खेतका कुन स्थानीय तहले कति बजेट ल्याए ?

 

सुर्खेत । सुर्खेतका स्थानीय तहहरुले आइतबार नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । कृषि उत्पादन, रोजगारी लगायतका विषय प्राथमिकतामा राखेर पालिकाहरुले बजेट ल्याएको देखिन्छ ।

राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले ३ अर्ब २ करोड बढीको बजेट ल्याएको छ ।

कुन पालिकाले कति बजेट ल्याए ?

१) चौकुने गाउँपालिकाले ६६ करोड २९ लाख ७६ हजार बराबरको बजेट ल्याएको छ । चालुतर्फ ३६ करोड ५७ लाख ८१ हजार र पुँजीगततर्फ २९ करोड ७१ लाख ९५ हजार बजेट रहेको छ ।

२) बराहताल गाउँपालिकाले ५९ करोड ५८ लाख ८७ हजार बराबरको बजेट ल्याएको छ । चालुतर्फ ३४ करोड ५६ लाख १४ हजार र पुँजीगततर्फ २५ करोड दुई लाख ७३ हजार बजेट बजेट रहेको छ ।

३) पञ्चपुरी नगरपालिकाले ६६ करोड ९८ लाख ३४ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ । चालुतर्फ ३७ करोड ३३ लाख ३३ हजार र पुँजीगततर्फ २९ करोड ६५ लाखको बजेट रहेको छ ।

४) गुर्भाकोट नगरपालिकाले ९७ करोड ९१ लाख ५० हजार सात सय ५६ रुपैयाँ बराबरको बजेट ल्याएको छ । चालुतर्फ ७४ करोड ३६ लाख ४३ हजार छ भने पूँजिगततर्फ २३ करोड ५५ लाख सात हजार रहेको छ ।

५) भेरीगंगा नगरपालिकाले ६८ करोड ९९ लाख ८१ हजार १ सय ३९ रुपैयाँ बराबरको ल्याएको छ ।

६)सिम्ता गाउँपालिकाले ५८ करोड १७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । चालुतर्फ ३९ करोड ९७ लाख चार हजार तीन सय ५० र पूँजिगततर्फ १८ करोड २८ लाख ६६ हजार छ ।

याे पनि

वीरेन्द्रनगरले ल्यायो ३ अर्ब २ करोड ६१ लाखको बजेट

तपाईको प्रतिक्रिया