सुर्खेत । कर्णालीको आर्थिक वर्ष २०८०–०८१ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त प्रस्तुत गरिएको छ । अर्थमन्त्री बेदराज सिंहले बजेट अधिवेशनको दोस्रो बैठकमा प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका हुन् ।
कर्णालीको गरिबी, भोकमरीलाई अन्त्य गर्दै समृद्ध कर्णाली सुखारी कर्णालीबासीको दिर्घकालिन लक्ष्यलाई संगाल्दै आगामी आर्थिक बर्षको बजेट विनियोजन गरिने छ ।
नेपाल सरकारको पन्ध्रौं योजना र कर्णाली प्रदेशको पाँच वर्षे विकासको मार्गचित्र सहित प्रथम पञ्चवर्षीय योजना (२०७६÷०७७–२०८०÷०८१) कार्यान्वयनमा रहेको छ ।
उक्त योजनाले निर्धारण गरेका प्राथमिकतामा रहेर योजना अवधिमा हासिल गर्न तोकिएका परिमाणात्मक लक्ष्यहरू प्राप्त गरी समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको दीर्घकालीन सोचका साथ समावेशी, दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्दै आर्थिक, सामाजिक रुपान्तरण, समतामूलक समाज र सामाजिक न्याय सुनिश्चित गर्न शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि पूर्वाधार भन्ने मूल मर्मका साथ आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट तर्जुमा गरिने अर्थमन्त्री सिंहले बतताए ।
उनले कर्णालीको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजेट निर्माण गरिने, वित्तिय सुशासन कायम गर्दै दिगो विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिने उल्लेख गरे । साथै अवण्डामा बजेट विनियोजन कार्यलाई निरुत्साहित गरिने छ ।
बजेटका प्राथमिकता तथा नीति अन्तर्गत बहुबर्षिय योजना पुरा गर्ने र नयाँ रणनीतिक योजनाको अवलम्बन गरिने, प्रत्येक बर्ष १० हजारलाई रोजगारी सिर्जना गर्न गरी कर्णाली समृद्धि अभियान चलाइने उनको भनाई छ ।
यस्तै विद्यमान स्वास्थ्य प्रणालीमा सुधार गरिने, आयुर्वेद प्राविधिक चिकित्सा पद्धतिलाई प्राथमिकता दिँने देखि विद्युतिय सुशासनलाई बलियो बनाउने सिंहले बताए ।
हेर्नुहोस विनियोजन(विधेयक(२०८०(का(सिद्धान्त(उद्देश्य(प्राथमिकता(र(प्रमुख(नीतिहरु
विनियोजन-विधेयक-२०८०-का-सिद्धान्त-उद्देश्य-प्राथमिकता-र-प्रमुख-नीतिहरु


सञ्चारपथ । ११ जेष्ठ २०८०, बिहीबार १०:३०